धनगढी : रोयल्टी काटेको रसिद नभएका चारवटा ट्याक्टरलाई धनगढी उपमहानगरपालिकाले आफ्नो नियन्त्रणमा लिएको छ ।
उपमहानगरभित्र कार्यरत नगर प्रहरी बलको छड्के चेकजाँचको क्रममा रोयल्टी काटेको रसिद नभएका ट्याक्टर फेला परेपछि चारवटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको हो । यही कात्तिक १० गते राती ८ः३० मा बेली पुल नजिक रोयल्टी काटेको रसिद नभएको सुदूरपश्चिम प्रदेश ०१००२ त ६७५२ ट्रली नम्बर से. १ त. ४३६९ सहित नगर प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो ।
त्यस्तै शनिबारे बिहान ५ बजे धनगढी उपमहानगरपालिका–१७ पथरीघाट नजिकबाट पनि रोयल्टी काटेको रसिद नभएको सुदूरपश्चिम प्रदेश ०१००२ त ९८९६, बिहान ८ बजे धनगढी उपमहानगरपालिका–५ तारानगर हिमशिखर अगाडि रोयल्टी काटेको रसिद नभएको से.१ त. ४९९८, साँझ ७ः२० बजे धनगढी उपमहानगरपालिका–१७ पथरीघाट नजिक से.१ त ४७०५ र से.१ त. ९५६० नम्बरको ट्याक्टरलाई नगर प्रहरी बलले नियन्त्रणमा लिएर उपमहानगर परिसरभित्र राखेको छ ।