कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा शङ्कास्पद अवस्थामा महिलाको शव फेला परेको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुर स्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा आज शव फेला परेको हो।
अन्दाजी ६०\६५ वर्षीया नन्दादेवी जोशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घट्ना संकास्पद रहेको र यस विषयमा थप अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।