कैलालीमा लागुऔषधसहित २ जना पक्राउ

अत्तरिया : कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिकाको बौनियाबाट उनीहरू पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय, सुखडका अनुसार पक्राउ पनेमा बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का २० वर्षीय उमेश सुनार र वडा नम्बर २ का २२ वर्षीय वीरेन्द्र सिंह रहेका छन्। उनीहरूको साथबाट सोमवार २ सय मिलिग्राम लागुऔषध (ब्राउनसुगर) समेत प्रहरीले बरामद गरेको छ। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.