कृष्णपुरमा चौपाया व्यवस्थापन

कञ्चनपुर, २० कात्तिक : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले चौपाया व्यवस्थापन सुरु गरेको छ । पूर्वपश्चिम राजमार्गमा छाडिएका चौपायाका कारण सवारी दुर्घटना हुने र खेतीपाती जोगाउन समस्या हुने समस्या हुँदै आएको थियो ।
नगरपालिकाले २०७९ सालको लक्ष्मीपूजाका दिनदेखि अहिलेसम्म १५ सय छाडा पशुचौपायाको व्यवस्थापन गरेको छ । जसका लागि गौसाला निर्माण गर्नुका साथै मलसँग पराल साटेर दानाको व्यवस्थापन गरेको छ ।
गौसालामा गोबर मलको चाङ लागेको छ । एक ट्रयाक्टर ट्रालीको ५ हजारका दरले गोबर मल पनि बिक्री हुने गरेको छ । स्थानीय शिक्षक दीपक सिंह भण्डारीका अनुसार गाई व्यवस्थापनले स्थानीयलाई सहज भएको छ । वडा नम्बर २ का अध्यक्ष अर्जुन सिंह साउदले भने, ‘हामी जितेपछि कार्यपालिकाले सबैभन्दा पहिला चौपाया व्यवस्थापनमा लाग्ने प्रण ग¥यौं, कुनै दलबाट भन्नुभन्दा पनि जनतालाई सहज पार्ने योजनामा सर्वसहमति नै भयो’, उनले भने ।
वडा नम्बर ४ का वडाध्यक्ष धर्मबहादुर सिंहले अहिले गौसालामा गाई छोड्न आउनेलाई ११ सय रुपैयाँ रकम दिने गरेको बताए । नगरपालिकाले आफ्नो क्षेत्रमा बनाएका ५ वटा गौसालाका लागि गत वर्षको बजेटबाट २५ लाख रुपैयाँ खर्च गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.