धनगढीमा एक जना युवकको हत्या, स्थानीय व्यापारी पक्राउ

धनगढी : कैलालीको धनगढीमा एक जना युवकको हत्या भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १६ बेहडाबाबा विद्यालय क्षेत्रमा कृष्ण सेट्टीले बाँसको लाठी प्रहार गरेर लालबहादुर थापाको हत्या गरेको कैलाली प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कुलदीप चन्दका अनुसार सोमवार दिउँसो मदिरा चोरीको आरोपमा स्थानीय व्यापारीसमेत रहेका कृष्ण सेट्टीले थापालाई बाँसको लाठी प्रहार गरेका थिए। स्थानीय व्यापारी सेट्टीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। बेहोस अवस्थामा फेला परेका उनलाई प्रहरीले घरसम्म पु¥याएका थिए। उनको हत्या हुँदा पनि प्रहरीले बेवास्ता गरेको परिवारको आरोप छ। उनको हत्या भएपछि मंगलवार जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायव उपरीक्षक चन्दसहितको प्रहरी टोली घटनास्थल गएको थियो। सेट्टीले बाँसको लाठीले प्रहार स्वीकार गरेको चन्दले बताए।

३८ वर्षीय थापाले पसलबाट मदिरा चोरी गरेपछि दुई पटक बाँसको लाठीले प्रहार गरेको प्रहरी समक्ष कृष्ण सेट्टीले बयान दिएका छन्। थापाको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.