धनगढी–२ मा सडक दुर्घटना न्यूनीकरण तथा लागू औषध दुव्र्यसनी नियन्त्रण सम्बन्धि अभिमुखीकरण

अत्तरिया, २१ कात्तिक : धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा सडक दुर्घटना न्यूनीकरण तथा लागूऔषध दुव्र्यसनी नियन्त्रणका साथै भूकम्पीय जोखिम न्यूनीकरण सम्बन्धित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार धनगढी–२ को वडा कार्यालयमा भएको कार्यक्रम उपमहानर वडा कार्यालयको संयुक्त आयोजनामा भएको हो ।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख दिपक मल्ल, धनगढी उपमहानगरपालिका विपद् शाखाका दिपक भण्डारी र जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतले आफ्नो प्रस्तुती राखेका हुन् ।
ट्राफिक प्रमुख मल्लले सडक दुर्घटना न्यूनीकरण गर्नमा अभिभावकहरुको भूमिका महत्वपूर्ण रहेको बताए । पछिल्लो समय सडक दुर्घटनामा अधिकांस युवाहरुको मृत्यु भएको उल्लेख गर्दै मल्लले अभिभावक सचेत रहनुपर्ने सुझाए ।
कार्यक्रम वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाको अध्यक्षतामा भएको हो । कार्यक्रममा वडा नम्बर २ का विभिन्न क्लव, संघ संस्था तथा स्थानीयहरुको उल्लेखीय सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.