
अत्तरिया, २३ कात्तिक : कैलालीको गोदावरी नगरपालिका–८ जमुनानगरमा रहेको एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ । बिहीबार संस्थाको १३ औं वार्षीक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष सुरतबहादुर बोगटीको सभापतित्वमा सुरु भएको साधारण सभामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य खेमादेवी विष्ट थिईन । कार्यक्रममा प्रदेश सभा ददस्य खेमा देवी विष्ट संस्थाले छोटो समयमा नै आफ्ना सेवा सुविधाहरु प्रदान गर्दै विभिन्न लक्ष्यलाई उद्देश्यहरुको सामना गर्दै धेरै फड्को मारेको बताइन । ‘सहकारीहरुको मेरुदण्ड शेयर सदस्यहरु हो भने शेयर सदस्यहरुको आयस्रोत सहकारी हो’, उनले भनिन । ‘सहकारी र शेयर सदस्यहरु एक आपसमा मिलेर गयो भने दुवैलाई फाइदा हुने छ ।’ सहकारीहरुले सबै भन्दा बढी महिलाहरूलाई लक्षित गर्दै उनीहरूलाई विभिन्न सीपमूलक तालिम हासिल गरी जीवनस्तरमा सुधार ल्याएको उनले बताईन ।
उनले सहकारी संस्था भनेको हाम्रो घर आगनमा आएको आयस्रोत हो त्यसैले सहकारीहरुले दिएको ऋण सही ठाउँमा सदुपयोग गरी जीवनस्तरमा उकास्न सजिलो पर्ने बताईन । संस्थाबाट लिएको न्यून ब्याजदरमा सर्वसुलभ ऋणबाट विभिन्न व्यक्तिहरूलाई रोजगार सृजना गरी आत्मनिर्भर बन्न सहकारीले सहज पुर्याएको उनले बताईन ।
यस्तै कार्यक्रममा संस्थाको वार्षीक प्रतिवेदन प्रस्तुत सहकारीका अध्यक्ष सुरतबहादुर बोगटीले गरे संगै आय–ब्यय प्रगती प्रतिवेदन प्रस्तुत संस्थाका सञ्चालक समिति सचिव रमेश बोगटीले गरेका थिए । संस्थाले आर्थिक वर्ष २०७८\०८० मसान्तसम्ममा आइपुग्दा १ करोड ५६ लाख ६२ हजार रकम बराबरको आर्थिक कारोबार गरेको प्रतिवेदनमा उल्लेख गरिएको थियो । उक्त कारोबारबाट संस्थाले ७ लाख ५० हजार २ सय ८२ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । प्रतिवेदन अनुसार संस्थाले आ व २०७९\०८० मा निक्षेप तर्फ ७ करोड ९६ लाख ४४ हजार ३ सय ३३ रुपैयाँ बचत संकलन गरेको छ भने ८ करोड २३ लाख २५ हजार बरावरको रुपैयाँ ऋणमा लगानी गरेको छ । साथै सहकारीको जगेडा तर्फ ४३ लाख ७३ हजार रुपैयाँ रहेको छ ।
१ करोड ६ लाख १५ हजार ४ सय शेयरपुँजी रहेको संस्थामा हालसम्म २ हजार ८ सय ६८ जना शेयर सदस्यहरु रहेका छन् । संस्थाले साधारण सभाको अवसर पारेर संस्थामा आबद्ध सदस्यहरु मध्ये उत्कृष्ट बचत कर्ता, असल ऋणी, उत्कृस्ट शेयर सदस्य, उत्कृष्ट समुह, ज्येष्ठ नागरिकलाई सम्मान, अपाङ्गलाई राहत वितरण लगायत सहकारीको विभिन्न विधामा उत्कृष्टहरूलाई पुरस्कृत संगै सम्मानित गरेको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक शेरबहादुर बोगटीले गरेका हुन । यस्तै कार्यक्रममा विशिष्ठ अतिथिमा सुदूरपश्चि रजिष्टार कार्यालय धनगढीका प्रतिनिधि देवराज पन्त, नेफ्स्कूनका प्रतिनिधि माधव जोशी रहेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारी प्रतिनिधिहरुको अतिथिमा सहभागी रहेका थिए ।
