चैतन्य पाठशालाद्वारा योग अभ्यास सहयोग सामग्री हस्तान्तरण

धनगढी, २३ कात्तिक : धनगढी उपमहानगर–१ शिवनरगरमा रहेको चैतन्य पाठशालाले योग अभ्यास सहयोग सामग्री हस्तान्तरण गरेको छ । बिहिबार एक कार्यक्रम बिच पाठशालाले चैतन्य पाठशाला पतन्जली योग केन्द्र शिवनगरलाई योग अभ्यास सहयोग सामग्री हस्तान्तरण गरेको जनाइएको छ ।
चैतन्य पाठशालाका संचालक सदस्य पदम बहादुर धानुकले चैतन्य पाठशाला पतन्जली योग केन्द्रका संयोजक गोरख खातीज्युलाई स्वागत गर्दै पाठशालाका प्रिन्सिपल अशोक राज खातीले योग अभ्यास सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा चैतन्य पाठशालाका संचालक तथा संचालक निर्देशक उदय प्रताप सिंह, भाईस प्रिन्सिपल कटक बहादुर सिंह, विद्यालय संयोजक रबि साउद तथा समाजसेवी बाल कृष्ण चौधरीको पनि उपस्थिति रहेको थियो ।
चैतन्य पाठशाला पतन्जली योग केन्द्र शिवनगरमा हरेक दिन बिहान ४.४५ देखी ६.३० बजे सम्म नियमित रुपमा योग अभ्यास भइरहेको केन्द्रका संयोजक गोरख खातीले जानकारी गराए । त्यसै गरी भाईस प्रिन्सिपल कटक बहादुर सिंहले धनगढी उपमहानगरपालिकामा योग केन्द्र सन्चालन गर्ने एक मात्र बिद्यालय चैतन्य पाठशालाले शिक्षा सँगै आरोग्य जीवनको लागि योग साधना मार्फत स्थानीय समुदायमा बिगत बर्ष देखिनै सकारात्मक योगदान गरिरहेको बिचार ब्यक्त गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.