कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अत्तरिया : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–६ को नवलपुरस्थित भित्री सडकखण्डमा आइतबार राति सुदूरपश्चिम प्रदेश ०१००९प ११२९ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी सोही ठाउँ बस्ने चालक २२ वर्षीय तारा चौधरीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको थियो। उनको उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाई छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.