
अत्तरिया : नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो।
लगतै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले अनलाइनखबरसँग भने, ‘हामीलाई टिकटकलाई पनि इमेल लेखेका छौं । २४ घन्टामा सबै ब्लक हुन्छ होला ।’ यो सुचना अनुसार सरकारको निर्णय कार्यान्वयन भएमा आज साँझ सम्म टिकटक बन्द हुनेछ ।
