महिला टी-२० सिरिज : आज नेपालले हङकङसंग प्रतिस्पर्धा गर्दै

काठमाडौं : चार देश सम्मिलित महिला टी–२० आई सिरिजमा आज नेपालले हङकङको सामना गर्दैछ। नेपाल र हङकङको खेल आज बिहान पौने १२ बजे सुरु हुँदैछ।

पहिलो खेलमा तान्जिनियाँसँग २७ रनले पराजित भएको नेपाल पहिलो जितको खोजीमा हुनेछ। नेपाल पहिलो जितको खोजीमा हुँदा घरेलु टोली हङकङ भने लगातार जितको लक्ष्यसहित मैदानमा हुनेछ।

बुधबार भएको खेलमा हङकङले भने जापानमाथि ९ विकेटको फराकिलो जित निकालेको थियो। यो सिरिजमा आयोजक हङकङसहित नेपाल, ताञ्जेनिया र जापानले प्रतिस्पर्धा गर्दैछन्। नेपालले मङ्सिर २ गते जापानसँग अर्को खेल खेल्ने तालिका छ। शीर्ष दुई टोलीले उपाधिका लागि मङ्सिर ३ गते खेल्नेछन्। त्यस्तै तेस्रो स्थानको प्रतिस्पर्धासमेत सोही दिन हुनेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.