तिहारमा सुदूरपश्चिममा सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु

अत्तरिया : सुदूरपश्चिममा तिहारको अवधिमा भएका दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ भने ५४ जना घाइते भएका छन् । कार्तिक १२ देखि ३० गतेसम्म भएका २२ दुर्घटनामा १७ जनाको मृत्यु र ५४ जना घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल उप्रेतीले सोही अवधिमा नियम उल्लंघन गरी सवारी साधन चलाउने ४ हजार १ सय २३ कारबाहीमा २६ लख ८१ हजार राजश्व असुली गरिएको जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.