विश्वकप क्रिकेटको फाइनल आज, उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौँ : एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज भारत र अस्ट्रेलिया भिड्दै छन्। विश्वकप क्रिकेटको उपाधिका लागि दुई देश भारतस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा प्रतिस्पर्धा गर्ने भएका हुन्।

गत बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारतीय टोली विश्वकपको फाइनलमा पुगेको हो। यसैगरी बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अस्ट्रेलियाले भारतसँगको भिडन्त पक्का गरेको हो।

प्रत्येक चार वर्षमा हुने यस प्रतियोगिताको उपाधि जित्ने प्रयास दुवै टोलीले गर्नेछन्। विश्वकपको फाइनलमा यी दुई टोली आमनेसामने भएको यो दोस्रोपटक हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.