अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा म्युजिक सप खुलेको छ । नगरको वडा नम्बर १ वरपिपल गल्लीमा साझा संगित नामक म्युजिक सप एण्ड ईन्स्च्यिुट सप खुलेको हो ।
अत्तरिया बजारमा पहिलो म्युजिक सप सञ्चालनमा ल्याएको म्युजिसियन तथा सञ्चालक धिरज महराले बताए । काठमाण्डौमा म्युजिक सिकेर करिब ६ बर्षको अनुभव बटुलेका लेबल टु म्युजिसियन महराले म्युजिक प्रति रुचि भएका म्युजिसियनको मध्यनजर गर्दै शनिबारबाट म्युजिक सप सञ्चालनमा ल्याएका हुन् ।
उनले पछिल्लो समयमा धेरैजसो म्युजिक प्रति रुचि भएका तर म्युजिक साधन खरिद गर्ने ठाउ र म्युजिक सिक्ने ठाउँ नभएकाले उक्त कुरालाई मध्यनजर राख्दै म्युजिसियनका लागि म्युजिक सप सञ्चालनमा ल्याएको बताए । म्युजिक सपमा क्लासिकल देखि ओईस्टन म्युजिकका सबै सामानहरु पाईने छन भने म्युजिक कलास पनि सञ्चालन भईरहेको म्युजिसियन तथा सञ्चालक महराले बताए।
क्लासिकल म्युजिकका लागि ढोलक, तबला, हार्मोनियम, लोकभाकामा बज्ने मादल र भजन कृतनमा बजाईने मिज्राहरु रहेका छन भने ओईस्टन म्युजिकका लागि गितार, किबोर्ड, क्याजन, ड्रम लगायतका सामाग्रीहरु रहेको उनले बताए । उनका अनुसार भोकल, किबोर्ड, गितार र ड्रम लगायतका म्युजिक कोर्सका साथै म्युजिकको भाषा सिकाईने र अभ्यास पनि गराईने छ । साथै बाजाहरुको मर्मत गरिने र सामाग्रीहरु पनि उपलब्ध गराईने म्युजिसियन तथा सञ्चालक महराले उल्लेख गरे ।