
अत्तरिया : गायिका समीक्षा अधिकारीले यसपालीको ‘भ्यालेन्टाईन–डे’ धनगढीमा मनाउने भएकी छन् । धनगढीमा फागुन २ गते प्रेमदिवस अर्थात ‘भ्यालेन्टाईन–डे’ विशेष कार्यक्रम सहभागि हुन गायिक अधिकारी धनगढी आउँदै छन् ।
प्याट टिम क्लेक्सनको आयोजनामा धनगढीमा रहेको फ्लाटलयाण्ड फुटसलमा हुने कार्यक्रममा चर्चित गायिका अधिकारी र उमेश मुस्कान को समेत प्रस्तुति रहने भएको छ ।
प्रेम दिवस विशेष कार्यक्रम विशेष रूपमा मनाइने भएको हो । तीन सय र पाँच सय टिकट रहेको छ । उक्त कार्यक्रममा तीन सय मा एक जना प्रवेश र पाँच सयको टिकटमा जोडिहरुलाई प्रवेश रहेको आयोजकले जनाएको छ ।
कार्यक्रम प्रायोजक वा सपोटर को रूपमा अमृत थापा र सञ्जिव खड्काको आरजे इन्टरप्राइजेज रहेको छ । साथै राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने समेत आयोजकले जनाएको छ । कार्यक्रम फागुन २ गते बेलुका ४ सुरु हुने र कार्यक्रमबाट फाइदा रकम बाट २० प्रतिशत रकम पशु संरक्षणको लागि खर्च गरिने समेत आयोजकले जनाएको छ ।
