खेल मैदान निर्माण गर्न बजेट विनियोजन गर्ने : मन्त्री देउवा

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले आगामी आर्थिक वर्षमा डडेल्धुरा जिल्लामा खेल मैदान निर्माण गर्न बजेट विनियोजन गर्ने बताएका छन् । शुक्रवार डडेल्धुरामा आयोजित १४ओैँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रममा मन्त्री देउवाले डडेल्धुरामा खेलमैदान निमार्ण गर्न बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्ता गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री देउवाले खेल क्षेत्रले राष्ट्रको गौरव बढाउने काम गरेको स्मरण गर्दै डडेल्धुरा जिल्लाले पनि खलक्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । खेल क्षेत्रको विकास गर्न सुविधा सम्पन्न खेलमैदान आवश्यक हुने भएकोले आगामी आर्थिक वर्ष डडेल्धुरामा खेल मैदान निर्माण गर्ने प्रदेश सरकारको तर्फबाट मन्त्री देउवाले प्रतिबद्धता ब्यक्त गरे । उनले खेल जगतका विभिन्न आयामलाई उर्वर बनाउन विद्यालय क्षेत्रबाटै सुरु राष्ट्रपतिको नामबाट हरेक वर्ष सञ्चालन हुने रनिङशिल्ड प्रतियोगिता निकै महत्त्वपूर्ण रहेको बताए । प्रदेश सरकारले पनि खेलकुदमा बजेट विनियोजन गरी वर्ष भरी नै खेलाडीले खेल खेल्ने वातावरण सिर्जना गर्नका लागि स्थानीय स्तरमा खेलमैदान, बहुउद्देश्यीय कभर्डहल निर्माण गर्ने रणनीति नै लिएको समेत मन्त्री देउवाले बताए ।

उनले भने ,अब प्रदेश सरकार खेल क्षेत्रको विकासका लागि योजनाबद्ध रूपमा काम गर्न अगाडी बढी रहेको छ, ‘हामीले विद्यालय स्तरमा होस् या जिल्ला स्तरमा व्यवस्थित खेल संरचना निर्माण गर्न कार्य सुरु गरेका छौँ ।’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताले भौतिक पूर्वाधारमा लगानी वृद्धि हुने, वैदेशिक लगानी भित्राउन मदत पुग्ने , रोजगारी सिर्जना गर्न, सामाजिक एकता र समृद्धिको आधारशिला तय गर्न खेलकुदको महत्त्व रहेको उनको भनाई छ । मन्त्री देउवाले खेलकुदले आन्तरिक पर्यटनमा टेवा पु¥याउने हुँदा प्रदेश सरकारले आयोजना गर्न लागि रहेको लगानी तथा विकास सम्मेलनमा पनि खेलकुद क्षेत्रका परियोजनालाई महत्त्व दिएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.