Agni Offset Press

बैतडीमा कोदालो प्रहारबाट श्रीमतीको मृत्यु, दुई जना घाइते

Aarati simant

बैतडी : बैतडीमा एक जनाले कोदालोले हिर्काएर आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ७ धामी गाउँका ६२ बर्षीया कृष्ण धामीले कोदालोले हिर्काएर आफ्नै ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या गरेका हुन् । यस्तै घरमा डेरा गरेर बसेका माथि पनि उनले हातपात गरेका जनाएको छ ।

घरमा डेरा गरेर बसेका गाउँपालिकाका कर्मचारी सुबास कलौनी र कार्यालय सहयोगी देव राज भट्टलाई कोदालोले हिर्काएका हुन् । कोदालोले हिर्काउँदा दुवै कर्मचारी गम्भीर घाइते भएको जनाएको छ । बिहीबार बिहान ९ बजे कृष्णले कोदालो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । कोदालो प्रहारबाट गम्भीर घाइते भएकी उनकी श्रीमतीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जनाएको छ ।

यस्तै गम्भीर घाइते भट्ट र कलौनीलाई नेपाली सेनाको हेलिकप्टरमा थप उपचारका लागि अन्यत्र पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारीतथा प्रहरी निरीक्षक नन्दराज जोशिले बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.