धनगढीबाट एक फरार दोषी महिला पक्राउ

अत्तरिया : कैलालीको धनगढीबाट एक फरार दोषी महिला पक्राउ परेकी छन्। प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–३ की ३५ वर्षीया सिन्धु भट्ट पक्राउ परेकी हुन्।

जिल्ला अदालत, कैलालीको बैङ्किङ कसुर मुद्‍दामा २ वर्ष कैद सजाय ठहर भएकी भट्टलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले भट्टलाई बिहिवार पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेस गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.