Agni Offset Press

अत्तरियाको सत्यवती एकेडेमीद्वारा दुई विद्यालयलाई सहयोग

Aarati simant

अत्तरिया, १० चैत : कैलालीको गोदावरी नगरपालिका–२ मा रहेको सत्यवती एकेडेमीले गुणस्तर शिक्षा क्षेत्रका साथसाथै सामाजिक उत्तरदायित्व समेत वहन गर्दै आइरहेको छ । एकेडेमीले सामाजिक क्रियाकलापमा अघिबढ्दै गोदावरीका दुई आधारभूत विद्यालयलाई सञ्चालन गर्न सहयोग गर्ने भएको छ ।
एकेडेमीले सामाजिक उत्तरदायित्व अन्तरगत गोदावरी नगरपालिका–६ मा रहेको नवदुर्गा आधारभूत विद्यालय र गोदावरी १० मा रहेको शंकर आधारभूत विद्यालयलाई शैक्षिक क्षेत्रमा पठनपाठनसंगै सञ्चालन गर्न सहज बनाउन विभिन्न सामग्रीहरू सहयोग गर्ने भएको हो । सत्यवती एकेडेमीका संस्थापक वीरबहादुर कडायतले आफुले सामाजिक उत्तरदायित्व अन्तरगत गोदावरी नगरपालिका भित्रका २ वटा सरकारी विद्यालयहरुलाई शिक्षा क्षेत्रमा गुणस्तर वृद्धिका लागि सहयोग गर्ने बताए । उनका अनुसार गोदावरी नगरपालिका–१० मा रहेको शंकर आधारभूत विद्यालयको मन्टेश्वरी कक्षा निर्माण गर्ने छ । त्यसका लागि निर्माण कार्य सुरु गरिसकेको छ । यसैगरी गोदावरी नगरपालिका–६ मा रहेको नवदुर्गा आधारभूत विद्यालयलाई सुरुवातीमा एउटा इन्टरनेट जडान स्मार्ट बोर्ड र ५० हजार बराबरको सामग्री सहयोग गर्ने कडायतले बताए ।
यी दुई आधारभूत विद्यालयमा ९० प्रतिशत भन्दा बढी आर्थिक स्थिति कमजोर भएका विपन्न दलित, जनजाति परिवारका छोराछोरीहरु अध्ययन गर्दै आइरहेको हुनाले पहिलो प्राथमिकता दिएको जनाएको छ । एकेडेमीले आगामी शैक्षिक सत्र देखि गरिब आर्थिक अवस्था एकदमै नाजुक जसले विद्यालयको पोशाक, झोला लगायत शैक्षिक सामग्रीहरू खरिद गर्न नसक्ने विद्यार्थीलाई सहयोग गर्ने भएको छ । विद्यार्थीहरुलाई सामाजिक उत्तरदायीत्व वहन गर्नुपर्छ र असक्तलाई सहयोग गर्नुपर्दछ भन्ने धारणाको विकास गर्न पनि आवश्यक रहेको संस्थापक कडायतले बताए । उनले आफूले सहयोग गरेका विद्यालयका विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयकै खर्चमा भ्रमण गर्न लैजानुका साथै विदाको दिनमा सत्यवती एकेडेमीमा भएका विभिन्न स्रोतसाधनसंगै छुटाछुटै क्रियाकलपहरुमा विद्यार्थीहरुलाई सहभागी गराउने बताए ।
‘विद्यार्थीहरुलाई आर्थिक रुपमा विपन्न भएपनि आफ्नो शैक्षिक क्षेत्रमा मन छुटाउनु हुन्न आफ्नो इच्छा शक्ति भएपछि भोलिको दिनमा कमजोर मानिस पनि ठूलो पद सम्हाल्न सक्ने हुन्छं भन्ने प्रेणा दिने छौँ’ उनले भने । उनले विद्यालयमा हुने शैक्षिक गुणस्तर, सरसफाई, भौतिक, शिक्षक\शिक्षिकाहरुको विकासका लागि विभिन्न कार्यहरु सञ्चालन गर्दै आईरहने छौँ ।’

विद्यालयको तर्फबाट वर्षमा २ विद्यालयलाई सहयोग स्वरूप १ वटा विद्यालयलाई वर्षको २ लाख सम्म सहयोग गर्ने साथ विद्यार्थीहरुलाई पनि सामाजिक क्रियाकलापमा जोड दिने जनाएको छ । नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मा अवस्थीले २०६२ साल देखि निरन्तर प्रअ भएर सञ्चालन गर्दै आइरहेको यस विद्यालयमा ९० प्रतिशत जनजाति र दलित आर्थिक अवस्था कमजोर भएका बालबालिका पढ्दै आइरहेको बताइन् । उनले सत्यवती एकेडेमीले अर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको पढाइमा सहजिकरण साथै प्रविधिमैत्री बनाउनका लागी विद्यालयमा एउटा स्मार्ट बोर्ड संगै इन्टरनेट जडान गरिदिएको बताईन । उक्त विद्यालयमा १ सय ७० जना विद्यार्थीहरुलाई पठनपाठन गराउँदै आइरहेको उनले बताईन ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.