Agni Offset Press

बझाङ प्रदेशसभा उपनिर्वाचन : एमालेको टिकट दमनबहादुर भण्डारीलाई

Aarati simant

अत्तरिया : नेकपा एमालेले बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र (१) का लागि दमनबहादुर भण्डारीलाई टिकट दिएको छ। आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि एमालेले भण्डारीलाई टिकट दिने निर्णय गरेको हो।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी बझाङको प्रदेश सभा निर्वाचनमा उम्मेदवारका लागि ३ जनाको नाम सिफारिस गरेको थियो। उपनिर्वाचनका लागि एमालेका बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारी, जिल्ला सदस्य जुनाकुमारी जाग्री र राधा विष्ट (खत्री) को नाम सिफारिस गरिएको थियो। सिफारिसमध्येबाट भण्डारीले टिकट लिन सफल भएका हुन्।

बझाङबाट सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत असार ५ गते भएको सडक दुर्घटनामा निधन भएको थियो । बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंहको निधन भएपछि उक्त स्थान रिक्त थियो।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.