Agni Offset Press

कैलालीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Aarati simant

अत्तरिया : कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–१ स्थित भजनी–सुखड सडक खण्डमा से १ त ८६३५ नम्बरको ट्याक्टरले सुदूरपश्चिम प्रदेश ०१०१० प ९०६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएका भजनी नगरपालिका–१ का २५ वर्षीय धिरज चौधरीको शनिवार राति उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको हो। ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन्।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.