बाजुरा छेडेदह तालमा डुंगा पल्टिँदा एक जना वेपत्ता

बाजुरा : बाजुराको छेडेदह तालमा डुंगा पल्टिदा एक जना वेपत्ता भएका छन्। खप्तड छेडेदह गाउँपालिकामा रहेको छेडेदह तालमा डुंगा पल्टिँदा सोहि गाउँपालिका ७ लम्गाउँका गणेश रावतका छोरा अन्दाजी ३२ बर्षका बिरेन्द्र रावत वेपत्ता भएका हुन्।

आईतबार दिउँसो तालमा डुंगामा चढेको बेला अचानक तालमा डुंगा पल्टिदा रावत वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। डुंगामा सवार अन्य ६ जना भने सकुशल रहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.