Agni Offset Press

वैशाख ५ गते एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने

Aarati simant

काठमाडौं : गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् । उनले अहिले आफू विवाहको तयारीमा जुटेको जानकारी दिएकी छन । ‘अहिले म विवाहको तयारीमा जुटेको छु । निम्तो बाँड्ने र अन्य तयारीको काममा व्यस्त छु,’ उनले भनिन् ।

गीतकार समेत रहेका सापकोटा बागलुङ निवासी हुन् । उनी अहिले अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् । एलिनाको स्थायी घर झापा हो ।

गत वर्षको तीज कार्यक्रममा अष्ट्रेलिया पुगेकी एलिना र विष्णुबीच त्यतिबेलादेखि नै प्रेम सम्बन्ध रहेको बताइन्छ । यसअघि यी दुईबीच प्रेमपछि ब्रेकअपको खबर फैलिएको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.