कर्णाली पुलबाट हाम फालेका बेपत्ता युवा अझै भेटिएनन्

अत्तरिया : कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेका युवा अझै भेटिएका छैनन् । सोमबार दिउँसो चिसापानीका एक युवक बेपत्ता भएका हुन।

लम्कीचुहा नगरपालिका ३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका हुन् । घटनालगत्तै डुंगाबाट उनको खोजीकार्य गरिए पनि फेला नपरेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदम विष्टले बताए । सेनाको गोताखोर पठाइएको भए पनि सोमबार राति परेकाले खोजी हुन नसकेको र आज मंगलबार बिहानैदेखि खोजी सुरु गरिएको छ ।
प्रहरीका अनुसार १७ जनाले पुलबाट हाम फालेका थिए । उनीहरुले नदीमा हाम फाल्नुको कारण भने खुलेको छैन । प्रहरी उपरीक्षक विष्टका अनुसार पुल नजिक खटिएका प्रहरीलाई युवाहरुको समूहले एक छिन फोटो खिच्छौं भनेर गएका र फटाफट पुलमाथिबाट हाम फालेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.