Agni Offset Press

युवतीलाई ब्ल्याकमेल गरेपछि अनेरास्ववियु नेतृ रक्षा बम पक्राउ

Aarati simant

अत्तरिया : युवतीलाई ब्ल्याकमेल गरेपछि अनेरास्ववियु नेतृ रक्षा बम पक्राउ परेकी छन् । प्रहरी वृत्त महाराजगञ्जमा रश्मिला कुमारी धामीले दिएको जाहेरीपछि बमलाई ओशो तपोवन क्षेत्रबाट प्रहरीले आज बुधबार पक्राउ गरेको हो ।

बमले धामीको मोबाइलमा अनधिकृत प्रवेश गरी गोप्य कागजात लिई ५ लाख माग गरेको पीडितको जाहेरीमा उल्लेख छ । उनीविरुद्ध आपराधिक लाभ प्राप्त गर्न नहुने कसुरमा अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.