कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका पुरूष मृत फेला

अत्तरिया : कर्णाली नदीमा हामफालेर बेपत्ता भएका पुरूष मृत फेला परेका छन्। होली पर्वको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीको पुलमाथि रमाइलो गर्दै पौडी खेल्न १७ जनाले हाम फालेका थिए।

तीमध्येका कञ्चनपुर स्थायी घर भई कैलालीको लम्किचुहा नगरपालिका(३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही पुलमाथिबाट हाम फाल्नेबित्तिकै बेपत्ता भएका थिए। उनको तीन दिनपछि बिहीबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए।शाहीको शव टीकापुरको सन्कट्टी घाटमा भेटिएको हो।

उनले पुलबाट रमाइलो मान्दै फोटो सुट गर्दै पौडी खेल्न नदीमा हाम फालेका थिए। सुदूरपश्चिमको प्रवेशद्वारका रूपमा रहेको चिसापानीस्थित कर्णाली नदीमाथिको पुलमा घुमफिर गर्नेले सावधानी नपाउँदा यस्ता अप्रिय घटना हुने गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.