Agni Offset Press

बाजुराकी २० बर्षीय असिम पाइलट बन्दै

Aarati simant

अत्तरिया : बाजुराको बुढीनन्दा नगरपालिका–७ पान्डुसैनकी अमिसा कार्की कलिलैमा पाइलट बन्ने भएकी छन् । बाजुराको दुर्गममा जन्मिएर पढेकी २० वर्षीय अमिसा हाल साउथ अफ्रिकामा छन् ।
उनले उतै हालै पाइलटको ट्रेनिङ र पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको जनाइएको छ । गत मङ्सिरमा नेपाल छोडेकी उनी साउथ अफ्रिका पुगेर पढ्न थालेकी थिइन् । उनका पिता मीन कार्कीले छोरीको सफलताले आफू निकै हर्षित भएको बताउँदै छोरी पाइलट बन्ने भएको जानकारी दिए । उनले आफ्नी छोरीले १८ महिने ट्रेनिङ सकेको र अब नेपालमा लाइसेन्स लिएर पाइलट बन्न सकिने बताए ।
उनका पिताका अनुसार अमिसाले बाजुराबाटै १० कक्षा पास गरेर काठमाडौं गएकी थिइन् भने काठमाडौंबाट १२ पास (प्ल्सटु) पास गरेर साउथ अफ्रिका उडेकी थिइन् । अमिसा मीनकी जेठी छोरी हुन् । मीनका जम्मा ५ वटा सन्तानमध्ये ४ छोरी र १ छोरा छन् । मीनको भने अमिसालाई डाक्टर बनाउने चाहना भएकोमा अमिसाकै इच्छाअनुसार पाइलट बनेको बुझिएको छ । उनी बाजुरामात्र होइन, सुदूरपश्चिमकै पहिलो महिला पाइलट भएको परिवारको दाबी छ । अहिले उनलाई बधाईको समेत ओइरो लागेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.