Agni Offset Press

शैक्षिक भ्रमणमा गएको सुदूरपश्चिम विश्वविद्यालयको विद्यार्थी चढेको हाईस बर्दियामा दुर्घटना

Aarati simant

अत्तरिया : शैक्षिक भ्रमणमा रहेको सुदूरपश्चिम विश्वविद्यालय एमविए संकाय पहिलो सेमेष्टरका विद्यार्थी र शिक्षक चढेको हाईस दुर्घटना भएको छ । बर्दियामा दुर्घटना हाईस भएको छ ।

शैक्षिक भ्रमण सकेर शुक्रबार साँझ बर्दियाको बबई रिसोर्टमा जान लागेको सुप ०२ ००१ ज ४४७ नम्बरको हाईस र विपरित दिशाबाट आईरहेको लु २ ख ५७५३ नम्बरको बस बर्दियाको भुरीगाउँ बजारमा एकापसमा ठोक्किए पछि दुर्घटना भएको जनाएको छ । दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ का बिनोद भट्ट, पियुस पाण्डे र जयन्त राज जोशी र नाम खुल्न नसकेका एकजना घाईते भएका छन । भट्ट, पाण्डे र जोशीलाई भेरी अस्पताल नेपालगञ्ज पठाईएको ईलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरीक्षक नबराज शाहीले बताए ।

घाईते ४ जना मध्ये बिनोदलाई बढी चोट लागेको छ । उनको हात र मुखमा चोट लागेको प्रहरीले जनाएको छ । नाम नखुल्न सकेका घाईते भुरीगाउँमै उपचारमा रहेका छन ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.