जेष्ठ नागरिक जिल्ला संघ कैलालीको अध्यक्षमा : हमाल

अत्तरिया, १७ चैत : जेष्ठ नागरिक जिल्ला संघ कैलालीको अध्यक्षमा कुलबहादुर हमाल चयन भएका छन् । शनिबार धनगढीमा सम्पन्न भएको संघको १० औँ जिल्ला साधारणसभाले हमालको अध्यक्षतामा ११ सयस्यीय समिति निर्विध चयन गरेको हो । समितिको उपाध्यक्षमा धनबहादुर चौधरी, सचिवमा मिहिलाल उपाध्याय र कोषाध्यक्षमा मानबहादुर वम रहेका छन् ।

यस्तै समितिको सदस्यमा यादवप्रसाद जोशी, सुर्यमाया श्रेष्ठ, बाबुराम रिजाल, अग्नीप्रसाद तिवारी, होमलाल डगौरा, दिजराज अवस्थी र लक्ष्मी भण्डारी रहेका छन् । यस अघि सम्पन्न साधारण सभाको प्रमुख अतिथि जेष्ठ नागरिक तथा समाजसेवी श्यामसुन्दर श्रेष्ठ रहेका थिए । कार्यक्रममा धनगढी उपमहानगरपालिका–५ का जेष्ठ सदस्य लालबहादुर सिंह र वडा नम्बर २ की देउकली खत्री लाई सम्मान गरिएको हो । कार्यक्रममा सुदूरपश्चिम आयुर्वेधिक अस्पतालले जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.