अत्तरिया : बझाङ १ मा हुन लागेको प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) का प्रदेश सचिव जनक बुढाले उम्मेदवारी दिने भएका छन ।
आगामी बैशाख १५ गते हुन लागेको प्रदेश सभा सदस्यको उपनिर्वाचनामा उनले उम्मेदवारी दिन लागेका हुन । आईतबार नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी बैठकले उनलाई उपनिर्वाचनका लागि सर्वसम्मतीले चयन गरे पछि आफू उम्मेदवारी दिन लागेको उनले बताए । बुढा संविधानसभा सदस्य समेत हुन ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा प्रदेश सभा सदस्य पद रिक्त थियो ।