दार्चुलाबाट प्रसूति व्यथा लागेकी महिलाको उद्धार

अत्तरिया : दार्चुलाबाट प्रसूति व्यथा लागेकी महिलाको उद्धार गरिएको छ। रक्तस्राव भएपछि आइतवार बिहान लेकम गाउँपालिका–३ लालीकी ३६ वर्षीया हरिनादेवी जोशीको उद्धार गरिएको हो। दार्चुला प्रहरीका अनुसार जोशीको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत थप उपचारको लागी सुर्खेत लगिएको हो।

शनिबार राति १२ बजेबाट लाली स्वास्थ्य चौकीमा पु-याइएकी जोशीलाई रक्तस्राव (ब्लडिङ) को समस्या देखिएपछि गाउँपालिका र जिल्ला प्रशासनको पहलमा थप उपचारको लागि सुर्खेत लगिएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.