Agni Offset Press

रानाथारुको होलीको अवसरमा सुदूरपश्चिममा भोली सार्वजनिक बिदा

Aarati simant

अत्तरिया : सुदूरपश्चिममा भोली सोमबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । सुदूरपश्चिमका रानाथारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको हो । चैत १९ गते खखडेहरा पर्वको बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले बताए ।

उनका अनुसार प्रदेशभर सोमबार बिदा रहने छ । रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होलीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ । एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.