अत्तरिया : नेपाल फिजीयोथेरापी संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा दुई जना चयन भएका छन् । शनिबार अत्तरियामा भएको दोस्रो अधिवेशन तथा नयाँ कार्यसमिति गठनबाट ३ वर्ष कार्यकालको लागी अध्यक्षमा डा. युवराज पाण्डे र डा. अशोकमणी रिमाल चयन भएका हुन् । शनिबार भएको अधिवेशनमा पदाधिकारी छनौटको लागी मत प्रक्रिया गरिएको थियो । मतदान प्रक्रियामा १८ जनाले मत गरेको र अध्यक्ष पदको उम्मेदवारमा उठेका दुवै डाक्टरले बराबर मत पाएका थिए । जस मध्ये दुवै अध्यक्षको डेढ÷ डेढ वर्ष कार्यकाल हुने गरी गठन गरिएको हो ।
यस्तै अधिवेशनबाट प्रदेशको फिजीयोथेरापी संघको उपाध्यक्षमा डा. नवीन ढुंगाना, सचिवमा डा.सुरज लेखक, कोषाध्यक्षमा डा.सुमन भट्ट पनेरु चयन भएका छन् ।
यस्तै कार्यकारी सदस्यहरुमा डा. प्रज्वल जोशी, शाशंकी चटौत, सुरेन्द्र ऐर, आरती शर्मा रिमाल र अमित यादव भएका छन् । अध्यक्ष बाहेक बाँकी पदाधिकारीहरुको कार्यकाल ३ वर्ष हुने भएको छ ।