Agni Offset Press

नागरिक उन्मुक्ति पार्टीको बैठकमा रेशम र रन्जिता पक्षबीच कुटाकुट

Aarati simant

अत्तरिया : रेशम चौधरी दम्पत्तिबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटाकुट भएको छ।अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो ।
वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता पक्ष र नहुने रेशम पक्षबीच भएको विवादले कुटाकुटको अवस्था सिर्जना भएको नाउपाका एक नेताले बताए। नाउपा केन्द्रीय समिति संस्थापक सदस्यहरूको बैठकमा कुटाकुट भएको दृश्य छिमेकी घरका मान्छेहरूले देखेका हुन्।
विवादका क्रममा टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको बताइएको छ । उनीहरू दुवैजना रन्जिता पक्षका हुन् । नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि सो पार्टीमा पछिल्लो समय संस्थापक २१ जना केन्द्रीय सदस्यहरूको बैठक बस्ने गरेको छ।

रेशम पक्ष सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी छ। रन्जिता पक्ष भने त्यसको विपक्षमा छ। त्यस्तै केन्द्रमा रन्जिता अहिलेको सत्ता गठबन्धनमा जानुपर्ने पक्षमा छिन् भने रेशम विपक्षमा छन् । यो विवाद बढ्ने क्रममा रेशम दम्पतीबिच दूरी समेत बढेको छ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.