Agni Offset Press

उपनिर्वाचनका लागि काँग्रेसले आज उम्मेद्वार टुंगो लगाउँदै

Aarati simant

काठमाडौं : वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो आज लगाउने भएको छ । मंगलबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको संसदीय बोर्डको बैठक पछि इलाम क्षेत्र नं. २ र बझाङमा हुने निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने जनाइएको छ ।

बैठकले इलाम निर्वाचन क्षेत्र नं. २ मा वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको उम्मेदवार छान्ने छ । कांग्रेस नेता मीनबहादुर विश्वकर्माका अनुसार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा मङ्गलबार बसेको संसदीय बोर्डको बैठकमा प्रदेश कार्यसमितिले सिफारिस गरेका उम्मेदवारको नामावलीमाथि छलफल भएको छ ।
इलाम–२ बाट निर्वाचित एमाले उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको गत भदौ २६ गते र सुदूरपश्चिम प्रदेश सभाका लागि बझाङ क्षेत्र नं. १ (१) बाट निर्वाचित कांग्रेस नेता पृथ्वीबहादुर सिंहको गत असार २५ गते दुर्घटनामा निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन तय भएको हो ।

कांग्रेस कोशी प्रदेश कार्यसमितिले नेताहरू भेषराज आचार्य, केशव थापा, डम्बरबहादुर खड्कासहित छ जनाको नाम सिफारिस गरेको छ । सभापति देउवाले इलाम जिल्ला सभापति खड्काको नाम उम्मेदवारका लागि प्रस्ताव गर्नुभएको छ । केन्द्रीय सदस्य डा। शेखर कोइराला नेता आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडानमा छन् ।

यसैबीच कांग्रेस संसदीय बोर्डको बैठकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा गर्नुपर्ने र राजीनामा नगरे प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । अन्य दलले उम्मेदवारको टुंगो लगाएर घरदैलो सुरू गरिसक्दा पनि कांग्रेसले उममेदवार छान्न सकेको छैन ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.