दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते महिलाको मृत्यु

दार्चुला : दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ। करेन्ट लागेर गम्भीर घाइते भएकी शैल्यशिखर नगरपालिका–१ बारिलकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनको बर्निङ अस्पतालमा निधन भएको हो। गत शुक्रवार दिउँसो घर नजिकै बाख्रा चराउने क्रममा भुइमा लत्रिएको तारमा छुनगई करेन्ट उनलाई लागेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.