नाउपाका २ सांसदले विश्वासको मत नदिने भएपछि स्वतन्त्र सांसद जोशी कांठमाडौँमै

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिन गइरहेका छन् । तर उनी विश्वासको मत पाउने वातावरण क्षीण बन्दै गएको छ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा), स्वतन्त्र सांसद डा. तारा जोशी र राप्रपाकी सांसद खिमा देवी बिष्टको समर्थनले मात्रै मुख्यमन्त्री शाहले सुविधाजनक विश्वासको मत पाउँछन् । तर नाउपाको विवादले नाउपाका सांसद कैलाश चौधरी, टीका थापा विश्वासको मत नदिने पक्षमा उभिएका छन् । विश्वासको मत दिने पक्षमा उभिएकी रेशम चौधरी पक्षीय नाउपा सांसद इन्दिरा गिरीलाई यसअघि नै नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले पदमुक्त गरेकी छिन् । जुनकारण मुख्यमन्त्री शाहलाई आवश्यक विश्वासको मत नपुग्ने भएको हो ।

नाउपाका सबै सांसदले विश्वासको मत दिएपछि मात्रै आफूले निर्णायक विश्वासको मत दिने वातावरण कुरेका स्वतन्त्र सांसद जोशीले पनि अब अन्ततः विश्वासको मत नदिने बताएका छन् ।सांसद जोशी हाल काठमाडौँमै छन् । नाउपा सांसद कैलाश चौधरी र टीका थापा पनि काठमाडौँमै छन् । नाउपा सांसद कैलाश चौधरी पनि हाल आफू काठमाडौँमै रहेको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.