सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा

अत्तरिया : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहल राजीनामा दिएका छन्। विश्वासको मत पाउने सम्भावना नदेखिएपछि मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

प्रदेश सभा बैठक अगाडि उनले राजीनामा गरेका हुन्। मुख्यमन्त्री शाहले बिहीवार ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा बैठक स्थगित गरिएको थियो। त्यसपछि ५ः३० बजेका लागि बैठक डाकिएकोमा मुख्यमन्त्रीले राजीनामा दिएका हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.