अत्तरिया : अत्तरिया अटो व्यवसायीहरुले धनगढी रोडमा चल्ने अटो व्यवस्थापन गर्न माग गरेका छन् । शुक्रबार अटो व्यवस्थापनको माग गर्दै सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियामा निवेदनपत्र पेश गरेका हुन ।
५५ जना अटो चालकहरुले धनगढी रोडमा चल्ने अटोहरु अव्यवस्थित भएको र व्यवस्थित गरिदिन भनी ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीलाई पत्र पेश गरेका छन ।
पेश गरिएको निवेदन पत्रमा अटो चालकहरुले धनगढी रोडमा चल्ने पेट्रोल अटो व्यवसायीहरु व्यवस्थित नभएको हुँदा उक्त व्यवस्थापनको लागी म्याजिक गाडी र नगर बस जस्तै गरी धनगढी रोडमा दुई वटा अटो मात्र नम्बरमा राखेर बाँकी अत्तरिया धनगढी चल्ने अटो पार्किङमा राखिने गरी व्यवस्थापन गरिदिनुहुन भनी पत्रमा माग गरेका छन् ।