माओवादी घटक मिल्नुपर्छ : विप्लव

अत्तरिया : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्ने बताएका छन्। शनिबार नेकपा निकट युवा सङ्गठनको धनगढीमा पाँचौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले विभिन्न घटकमा छरिएका माओवादी मिल्नुपर्ने बेला आएको बताएका हन्।

‘माओवादी मिल्नुपर्छ भन्ने झुपडीरझुपडी र घररघरको आवाज छ। देश विकासका लागि माओवादी मिलिदिए हुन्थ्यो भन्ने जनताको चाहना छ’, उनले भने। समाजवाद स्थापनाका लागि माओवादी घटक एक हुन आवश्यक रहेकोमा पनि उनले जोड दिए। समाजवादी मोर्चालाई व्यापक बनाउन जरुरी रहेको भन्दै उनले समाजवादी मोर्चामा एमाले पनि आओस् भन्ने आफ्नो चाहना रहेको बताए।

देशका युवा निराश हुन नहुने भन्दै चन्दले देशका युवा निराशावादी नभइ आशावादी हुनुपर्नेमा जोड दिए। ‘जुन देशका युवा निराश हुन्छन् । त्यो देशका जनताले दुःख पाउँछन्’, ‘हाम्रा देशका युवा निराश हुनुपर्दैन । दुई छाक टार्नकै लागि विदेशिनु पर्दैन’, उनले भने, ‘हामी यहीँ काम गर्न सक्छौँ । तराईको जमिनमा मात्रै खेती गर्ने हो भने छरसात करोड मान्छेलाई खान पुग्छ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.