नाउपाको सुदूरपश्चिम संसदीय दलको नेतामा घनश्याम आउट, कैलाश इन

धनगढी : सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले संसदीय दलका नेता रहेका घनश्याम चौधरीलाई आउट गरेर सांसद कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकिएको छ । घनश्याम आर्थिक मामिला मन्त्री समेत हुन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आइतबार सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गर्दै कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकेकी हुन् ।

अध्यक्ष चौधरीले चैत्र २५ गते सोमबार केन्द्रिय समितिको बैठकको निर्णय उल्लेख गर्दै यसअघि संसदीय दलको नेताका रुपमा घनश्याम चौधरीले कामकाज गर्ने सहमति भएकोमा चौधरीले दलको निर्देशनको पालना नगरेकाले उनलाई परिवर्तन गरेर कैलाश चौधरीलाई संसदीय दलको नेताको कार्य गर्ने जिम्मेवारी तोक्ने निर्णय गरिएको उल्लेख छ ।

अध्यक्ष चौधरीले संसदीय दलको विधानसमेत पारित नभएकाले सम्पूर्ण अधिकार पार्टी अध्यक्षका हैसियतमा आफैँमा निहित रहेको यसअघि नै सार्वजनिक वक्तब्यद्वारा जानकारी गराएकी थिइन् । सोमबार नै प्रदेश सभाले नाउपाकी सांसद इन्दिरा गिरीको सांसदपद हटेको जानकारी गराएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.