कैलालीको घोडाघोडीमा दिदीबहिनी घरभित्रै मृत भेटिए

अत्तरिया : कैलालीको घोडाघोडीमा दिदीबहिनी एउटै ठाउँमा मृत अवस्थामा फेला परेका छन् । घोडाघोडी नगरपालिका १० का कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले जानकारी दिए ।

मृत भेटिनेमा २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी हुन् । उनीहरू दुवै जना घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएको एसपी विष्टले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा जेठी छोरी केही वर्षदेखि मुटु रोग र कान्छी छोरी डिप्रेशनको औषध खाइरहेको बुझिएको एसपी विष्टले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.