गोदावरी नगरका मेयर भट्ट द्वारा दुर्गालक्ष्मी क्याम्पसमा चमेना गृहको उद्घाटन

अत्तरिया, २८ चैत : कैलालीको गोदावरी नगरपालिका वडा न.२ मा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा चमेना गृह भवनको उद्घाटन गएिको छ ।
बुधबार गोदावरी नगरका मेयर विरेन्द्र भट्टले चमेना गृहको उद्घाटन गरेका हुन् । कार्यक्रममा नगर प्रमुख भट्टले क्याम्पसका लागि नगरपालिका सकारात्मक सोचका साथ अगाडि बढीरहेको र अब शिक्षा प्रणालीलाई प्राविधिक शिक्षामा अगाडि बढाउनुपर्ने बताए । त्यसका लागि नगरपालिका सहयोग गर्न तत्पर रहेको उनले उल्लेख गरे ।
बुधबार नै स्नातकतह प्रथम बर्षमा अध्ययनरत विद्यार्थीहरुको स्वागत र चौंथो वर्षको विदाई कार्यक्रम पनि गरेको हो । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आयोजित औपचारिक कार्यक्रममा स्नातक तह प्रथम बर्षका विद्यार्थीलाई अविर तथा डट्पेन कापी वितरण गरी स्वागत गरेको हो ।
स्ववियु सभापति भुवन महराको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट हुन । कार्यक्रममा अथिति गोदावरी नगरपालिका उप प्रमुख शारदा देवी रोकाया, निवर्तमान क्याम्पस प्रमुख डा. डम्मर पाल, वर्तमान क्याम्पस प्रमुख, स्थापकपुर्व क्याम्पस प्रमुख गिरिराज कडायत लगायत प्राध्यापक, विद्यार्थी, समाजसेवीको उपस्थिति रहेको थियो ।
२०६३ साल देखि क्याम्पसमा हाल ३ हजार विद्यार्थी अध्ययनरत रहेका छन । चमेना गृह भवन निर्माणका नगरपालिकाले २८ लाख ९० हजारको लगानीमा निर्माण भएको हो । कार्यक्रम क्याम्पसका प्राध्यापक हर्क साउदको स्वागत गरेका हुन । कार्यक्रमको संञ्चालन विद्यार्थी वमबहादुर विक र ज्योति शाहुले गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.