
जतिवेला अत्तरिया बजारमा पत्रिका पढ्नका लागि केन्द्र या धनगढीका भरपर्नुपर्ने बाध्यता थियो । त्यतिवेला अत्तरियामा हामीले ठूलो जर्मेको ग-यौँ । अत्तरिया बजार विस्तारै बामे सर्दै गरेकोबेला अत्तरियामा प्रिन्ट मिडियामा लगानी सुरुवात गरेको हो । जुननिकै जोमिखपूर्ण थियो । मुलुकले संविधान पाएर भर्खरै अगाडि बढीरहेको समयमा आम पाठकलाई समाचार पस्कने जर्मेको गरेको हौँ । अत्तरिया क्षेत्रमा कुनै पनि पत्रिका प्रकाशन नभएको अवस्थामा थोरै जनशक्तिमा अग्नी पोष्टले आफ्नो प्रकाशन सुरु गर्ने आट गरेको थियो ।
कैलालीमा सञ्चार माध्यामहरुको संख्या बढीरहेको अवस्थामा आफुलाई स्थापीत गर्न अग्नी पोष्टलाई ठूलो चुनौती सामना गर्नपर्यो । त्यतिवेला कैलाली पत्रिका प्रकाशन हुने जिल्लामा काठमाण्डौँपछि दोस्रोमा पथ्र्यो । आफुलाई विभिन्न चुनौतीका विच पनि अग्नी पोष्टले आफ्नो यात्रालाई निरन्तरता दियो । पछिल्लो समय सञ्चार माध्यामलाई अगाडि बढ्न निकै चुनौती देखा पर्यो । देशमा कोराना महामारी आयो । त्यसले गर्दा मोफसलका मात्र होइन । राजधानी काठमाण्डौँका सञ्चार माध्याम समेत प्रभावित बन्न पुगे । अग्नी पोष्ट दैनिक पत्रिकाले कोरोना कालमा समेत आफ्नो प्रकाशनलाई निरन्तरता दिएको हो ।
अग्नी पोष्ट धेरै आरोअवरोह पार गरेर अहिले आठौँ बर्षमा प्रवेश गरिरहँदा आफुलाई सच्चा पहरेदारको रुपमा सत्य, तथ्य, निष्पक्ष, जनमुखी र पारदर्शी पत्रिकाको रुपमा उदाएको छ । सबैका अपार मायाले गर्दा नै अहिले ख बर्गमा पर्न सफल भएको छौँ ।
भन्छन् मोफसलबाट सञ्चार माध्यायम सञ्चालन गर्नु फलामको चिउरा चपाउनु सरह नै हो । त्यसमाथि गोदावरीको अत्तरियामा पत्रिकाको अभ्यास गर्नु कम चुनौतिपूर्ण थिएन र छैन पनि । जहाँ कुनै पनि व्यवसायी, उद्योग छैन ।
सञ्चार क्षेत्रमा निरन्तर पाठक र शुभचिन्तकको मन जितेर अगाडि बढनु कठिन बिषय हो । बदलिँदो समाज सँगै पाठकले चाहेजस्तै सुचना र मनोरञ्जन प्रदान गरेर आफुलाई उत्कृष्ट सावित गर्नु ज्यादै कठिन थियो ।
अग्नी पोष्ट दैनिकले छुट्टै अग्नी समाचार अनलाईन समेत सञ्चालनमा छ । त्यसले गर्दा अहिले संसारका घटनाहरु एक क्लिकमा हामी सहजै उपलब्ध गराईरहेका छौँ । यो सबै सुचना र प्रविधिको विकासका कारण सम्भव भएको छ । हामीलाई अब्बल सावित गर्न धेरै सहकर्मीहरु र हाम्रा पाठक र शुभचिन्तकहरु जुटनुभएको छ । यो माया हामी रहनुजेल प्राप्त गरिरहने छौँ भन्ने अपेक्षमा रहेका छौँ ।
अहिले धेरै प्रिन्ट मिडिया बन्द अवस्थामा रहेका छन् । अनलाईनको योग छ । प्रिन्ट मिडियाको शाखा जोगाउन ज्यादै कठिन छ । बिगतमा गरेका राम्रा कामलाई आत्मासाथ गर्दै, खराब कामबाट पाठ सिकेर अगाडि बढदै थप जनमासमा लोकप्रिय बन्दै अगाडि बढ्ने प्रण गर्दछौँ । थप परिष्कृत बन्दै जाने छौँ । यहाँको सल्लाह सुझावको सधै हामी भोका छौँ ।
आज नेपालीहरुको नयाँ बर्ष अर्थात सुदूरपश्चिमेलीहरुको विसु पर्व त्यसको सबै जातजाति र समुदायका सुख, शान्ति, दिर्घायु, समृद्धि, अमनचयन साथै उत्तरोत्तर प्रगतिको शुभकामना सहित यो यात्रामा साथ दिने सम्पुर्ण सहकर्मी, पाठक, विज्ञापनदाता, शुभचिन्तक, सञ्चार माध्यामलाई नजिकमा नियाल्ने संस्था प्रेस काउन्सिल लगायत सम्पुर्ण महानुभावहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन अपर्ण गर्दछौँ ।
