धनगढीका सामुदायिक तथा नीजि विद्यालयको शिक्षा गुणस्तरियका बारेका पछिल्लो समय देशभर चर्चा हुने गरेको छ । धनगढीको नीजि विद्यालयहरुमा एक्सिसमा विद्यार्थीको चाप थेगिनसक्नु छ । यहँका नीजि क्षेत्रको लगानी र विभिन्न विषयको पठन पाठन धनगढीमै हुन थालेपछि विद्यार्थीले बाहिर गएर उच्च शिक्षा अध्यायन गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
एक दशक भन्दा बढी समय देखि एक्सिस पठनपाठन गराइरहेको छ । विद्यालयमा थेग्नै नसक्ने गरी विद्यार्थीको चाप हुने वातावरण कसरी भयो लगायतका विषयमा रहेर एक्सिस विद्याश्रमकी प्रिन्सिपल अनिता पन्तसंग गरेको कुराकानी……
विद्यालय सञ्चालन गर्न कति गाह्रो छ ?
म एक्टिभ लाईफ विताईरहेको हुन्छु । विहान ८ बजे देखि साँझ ५ बजे सम्म स्कूल कलेजमा वित्छ । मानिसको शरीर भन्दा पनि दिमाकलाई बढी आराम चाहिन्छ । त्यसले गर्दा बढी भन्दा बढी समय विद्यालयमै वित्छ । काम गर्दा गाह्रो अप्ठ्यारो भईरहकै हुन्छ । तर, अप्ठ्यारो पर्यो भन्दैमा निरास हुँदैन् ।
धनगढीमै विद्यालय सञ्चालन गर्नुपर्दछ भन्ने सोच कसरी भयो ?
धनगढीमा जन्मिए । कर्म थलो धनगढी नै भएको छ । म शैक्षिक क्षेत्रमा जोडिएको परिवारबाट हुर्कीएको व्यक्ति हो । त्यसले गर्दा शिक्षामा नै लाग्नुपर्दछ भन्ने सोच आयो । एक्सिस बिद्याश्रम २०६१ म स्थापना भएको हो । स्थापनाकालमा केही साथीहरुले सञ्चालन गरिराख्नुभाथ्यो ग्लोबल स्कुलका नामले र २०६६ सालमा हामीले लिएर एक्सिस बिद्याश्रम नाम बनाएर सञ्चालन गरिरहेका छौँ । सुरुमा कक्षा १० सम्म अहिले विद्यालयले कक्षा १२ सम्म सञ्चालन गरेको छ । सुदूरपश्चिममै फरक छाप बनाउन स्कुल सफल भएको छ ।
विद्यालय सञ्चालनमा घर परिवारको कतिको साथ पाउनु भएको छ ?
घर परिवारको पनि साथ पाएको छु । राम्रो सहयोगले गर्दा नै यहाँ सम्म पुगेको हो । यसमा आफुलाई भाग्यमानी ठानेको छु । काम गर्दा सफल हुन्छु भनेर नै गर्ने हो । एक्सिस विद्याश्रमलाई राम्रो बनाउनु हुन्छ भनेर लागेको हो । अहिले सबैले माया गरिदिनुभएको छ । कामलाई निरन्तरता दिनु नै सफलता हो । सफल हुनका लागि एक्लो प्रयास सम्भव हुँदैन् । योसंगै सबै जोडिएका छन् । अहिले १ सय ५० जना कर्मचारी जोडिएका छौँ । सबैको लगनशिलताले नै यहाँ सम्म पुगेको हो । अविभावक चाहना अनुसार ढाल्न सकेको छौँ ।
डेढ सय जना विद्यार्थीबाट २५ सय बढी बिद्यार्थी पु¥याउँदासम्मको मेहेनत कति गर्नुप-यो ?
मेहनत त निकै लागेको छ । लगानी एकदमै बढेको छ । २०६६ सालमा विद्यालयहरु धेरै थिएनन् यहाँका अभिभावकहरुले गुणस्तरिया शिक्षा दिने विद्यालयहरु खोजिराख्नुभाथ्यो । त्यो बेला हामीले सञ्चालन गरेको विद्यालयका लागी लगानी, मेहेनेत अनि शिक्षक लगायत सबैले मेहनत निकै गर्नुप¥यो । अहिले निकै प्रतिस्ठित विद्यालय बनेको छ । यति राम्रो विद्यालय कसरी भयो भन्ने कौतुहलता सबैलाई लाग्ला तर यो सफल हुनुमा म लगायत मेरो सम्पुर्ण टिमको मेहेनत, समय र लगानी हो ।
अहिले अभिभावकको रुचिपनि फेरिएको छ । विद्यालयले पनि आवश्यक्ता अनुसार आफुलाई अपग्रेड गर्दै गइरहेको छ । हामीले समय अनुसार आफ्ना शैक्षिक गतिविधि अगाडि बढाउने हो भने सफलता पाइन्छ । अभिभावकलाई हामीले सकेसम्म सन्तुष्टि दिइरहेका छौँ । उहाँहरुका सुझावलाई ग्रहण गर्दै हामीले अभिभावकको चाहाना अनुसारनै शिक्षा दिइरहेका छौँ ।
विद्यालय सञ्चालन गर्दा अप्ठ्यारो कहिले भोग्नुभएको छ ?
विद्यालय सञ्चालन भएको १६ बर्ष भयो । यो विचमा त्यस्तो कुनै समस्या आएन् । भनिन्छ ‘मेहनत गर फलको आसा नगर ।’ त्यो भावना अनुसार अगाडि बढेको छु । असल कर्म गरेको मान्छलाई सबैलाई साथ दिन्छन् ।
अभिभाकलाई कतिको सन्तुष्ट पाउनुभएकोछ ?
संस्था सञ्चालन गर्नमा सबैको भूमिकाहुन्छ । संस्थाका लागि काम गर्नुपर्दछ भन्ने हाम्रो मिसन छ । त्यसले गर्दा समाज, परिवार जोडिएको छ । अहिले सम्म कर्मचारी र अभिभाक सन्तुष्ट नै हुनुहुन्छ । त्यसले गर्दा विद्यार्थीका लागि मरिहत्य गर्नुपरेको छ ।
एक्सिस र अन्य विद्यालयमा के छ फरक ?
१ सय ५० देखि २ सय बाट पढाई सुरु गरेको विद्यालयमा अहिले ढाई हजार विद्यार्थी पुगेका छन् । यो भन्दा बढी विद्यालयको क्षमता पनि छैन् । यो सवै गुणस्तरिय शिक्षाले गर्दा नै भएको हो । त्यसले गर्दा विद्यार्थी फिर्ता गर्नुपर्ने अवस्था छ । व्यवस्थापकीय पक्ष भर्नु पर्दा विद्यार्थी संख्या धेरै भए पनि चार वटामा ब्लकमा बाडेका छौँ । प्रि–स्कूल, पराईमेरि, लोयर सेकेण्डरी र हाइस्कूल बनाएका छ । हरेक ब्लकको छुट्टा छुट्टै कोर्डिनेटर हुनुहुन्छ । विद्यार्थीलाई आवश्यक सामग्री छुट्टाछुट्टै व्यवस्था गरेको छ । अहिले सम्म अभिभाकहरुले पनि आफ्नो बच्चाको रेजिल्टप्रति सन्तुष्ट देखिन्छन् । शिक्षाका साथ साथै अतिरिक्त क्रियाकलाप पनि साथै लिने गरेको छ । यो कुरा सबै विद्यालयमा नहुन पनि सक्छ ।
गुणस्तरिय शिक्षाका लागि एक्सिसले व्यवस्थापन कसरी मिलाएको छ ?
विद्यार्थीलाई चाहिने सबै सामग्री पुगाएका छ । हरेक क्रियाकलापमा सबै विद्यार्थीहरु सहभागि हुनुपाउनुहुन्छ । अभिभावकको विश्वासले एक्सिसप्रति विद्यार्थीहरुको आकर्षणले गर्दा नै भर्ना गर्नु पर्दा एक बर्ष पहिले नै बुक गर्नुपर्ने अवस्था भएको छ । यो सबै विद्यालय परिवारको मेहनतले नै सफल भएको हो । विद्यालयको गुणस्तरियले गर्दा नै होला सिंगापुरमा बेष्ट स्कुल अवार्ड समेत पाउन सफल भएका छौँ ।
नीजि विद्यालय व्यवसायीमुखी भए भन्ने समय–समयमा आईरहन्छ ? यसलाई कसरी लिनुभएको छ ?
संविधानले नै हरेक नागरिकहरुलाई व्यवसाय गर्नुपाउने अधिकार दिएको छ । त्यसले गर्दा यो पनि व्यवसाय हो । तर, सामाजिक विषयसंग जोडिएको छ । निजी विद्यालयको आयस्रोत भनेको विद्यार्थीको शुल्कबाट नै हो । सरकारी जस्तो यहाँ हुँदैन् । नीजि विद्यालयले नाफाको लागि मात्र काम गरेको भन्ने पनि छैन् । मैले विद्यालय सञ्चालन गरेर घरवास सञ्चालन गर्छु भन्ने सोचेको छैन् । त्यो अनुसार अगाडि पनि बढेको छैन । संविधान अनुसार सरकारलाई बुझाउनुपर्ने कर तिरेर सञ्चालन भएका छौँ । यसमा कुनै आपति किन ? हामी माथि लाग्ने आरोप मिथ्या हो ।
पढाई कस्तो हुन्छ कुन किसिमबाट अध्यापन गराइन्छ ?
विद्यालयको पहिलो प्राथमिकता शिक्षा नै हो । त्यसका साथसाथै विद्यालयले अन्य अतिरिक्त क्रियाकलापमा जोड दिने गरेको छ । हरेक कक्षाहरु प्रविधिमैत्री छ । कम्प्युटर ल्याब एउटा बच्चालाई एउटा कम्प्युटर पुग्नेगरी छ । पुस्तकालय, हरेक कक्षामा मल्टिमिडिया प्रोजेक्टर छ । हामीले आधुनिक किसिमको शिक्षामा आवश्यक पर्ने सबै इक्युमेन्ट प्रयोग गरेका छौँ । बर्षौँ देखिको अनुभव शिक्षकहरु छन् ।
अहिलेत +२ पनि सञ्चालन गर्नुभाछ के–के विषय छन् ?
सुदूरपश्चिममै पहिलो पटक हामीले तत्कालिन अवस्थामा कानुन विषय सुरु गरेको हो । हामीसंग म्यानेज्मेन्ट, कम्प्युटर साइन्स लगायत विषयहरुलाई हामीले संगसंगै लगिरहेका छौँ ।
हाइ स्कुलको पछिल्लो नतिजा कस्तो छ ?
नतिजा त एकदमै राम्रो छ तर अहिले अभिभावकको सोचमा परिवर्तन आएको छ । पहिला अभिभावकहरुले एसईइमा राम्रो ग्रेड खोज्नुहुन्थ्यो । तर, अहिले ग्रेड भन्दा पनि शिक्षासंगै आउट नलेज केके पायो भनेर हेर्नुहुन्छ । अहिले त्यसको महत्वपनि घटेको छ । ग्रेडिङ सिस्टमले तरपनि चासो त हुन्छ ।
शिक्षा क्षेत्रमा धेरै समय विताउनुभयो ? खास शिक्षामा कस्तो परिवर्तन आवश्यक छ ?
आजभन्दा १० बर्षअघिको शिक्षा र अहिलेको शिक्षालाई तुलना गर्न मिल्दैन पहिला र अहिलेको शिक्षाको धरातलनै परिवर्तन भएको छ । विद्यार्थीहरुलाई शिक्षक भन्दापनि सुविधा चाहिएको छ । विद्यार्थीहरुमा भएको नलेजलाई प्रयोगात्मक ढंगले प्रस्फुटन गर्न पाउँन । एकदमै परिवर्तन आएको छ । अभिभावक, विद्यार्थी दुवैमा परिवर्तन आएको छ । विद्यार्थीहरु शिक्षकभन्दापनि अगाडि छ । पढाइमा त्यस कारण पढाई मात्रै नभएर सबै ज्ञानका लागी त्यही किसिमको विद्यालय र शिक्षक आवश्यक हुन्छन् ।
समय सुहाउँदो शिक्षा दिएर स्वरोजगार बनाउनेतर्फ केन्द्रित हुनका लागी के आवश्यक देख्नुहुन्छ ?
पाठ्यक्रमत परिवर्तन हुँदैछ । तर अवको शिक्षा नैतिकतामा केन्द्रित भएर शिक्षा दिन आवश्यक देखेकी छु । अहिलेका बच्चाहरु आफ्नो धरातलनै विर्षिरहेका छन् । सोच आधुनिक भएन हाम्रो देखावटी आधुनिक भयो । शिक्षाले बच्चाहरुमा जुन परिवर्तन ल्याउनुपर्ने हो । त्यो ल्याएन यसका लागी सरकार संगै हामी जिम्मेवार ब्यक्तीहरुले गम्भिर बन्नुपर्ने छ । आफ्नो संस्कृति बिर्षनुत भएन नी ? अग्रेंजी मात्र भनेर आफ्नो धरातल, संस्कृती, नैतिकता त बिर्षनु भएन नी त्यस कारण यस्तो पाठ्यक्रमपनि आउनुपर्छ ।
सबैमा अग्रेंजी मोह मात्रै छ एक्सिसमा कुन वातावरणमा पढाइन्छ ?
हामीले चाहीँ दुवै भाषालाई मिलाएर पढाउँछौँ । अग्रेंजी अन्तराष्ट्रिय भाषा हो । हामीले त्यसमा जोड दिनुपर्छ । त्यो संगै हाम्रो धरातल, हाम्रो संस्कृति, हाम्रो भाषा के हो ? त्यो बिषयलाइपनि छोड्नु त भएन नी । यी कुराहरु बच्चाहरुलेपनि बुझ्नुपर्छ त्यस कारण बच्चाहरुलाई नेपाली भाषामापनि सहभागी गराइरहेका छौँ । विभिन्न अतिरिक्त क्रियाकलापमा बच्चाहरुलाई सहभागि गराउँछौँ ।
सम्बन्धित पाेस्टहरु