अत्तरिया, ५ बैशाख : गोदावरी नगरपालिका अत्तरियामा कोहिनूर दोहोरी साँझ सञ्चालनमा आएको छ । बुधबार एक औपचारिक कार्यक्रमका बीच दोहरी साँझ अत्तरियाको महेन्द्रनगर रोडमा सञ्चालनमा ल्याएको हो ।
दोहोरी साँझको चर्चित गायक तथा मोडल चक्र बम, देउडा गायक लालबहादुर धामी (अछामी बड्डो), गोदावरी होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण धामी, अत्तरिया उद्योग बाणिज्य संघका महासचिब शंकर खड्काले संयुक्त रूपमा उद्घाटन गरेका हुन । गोदावरी नगपरपालिमा ७ लालपुर निवासी युवा व्यवसायी हरीश बमले २५ लाखको लगानीमा उक्त दोहरी साँझ सञ्चालनमा ल्याइएको हो ।
सञ्चालक बमले व्यवसायी रूपमा सञ्चालनमा मात्र नभई विभिन्न संस्कृति, कला जोगाउनका साथसाथै दिनभरीको थकानलाई सांगीतिकरूपमा विश्राम दिलाउने उद्देश्यले सञ्चालनमा ल्याएको बताए ।
उनले संगीत सँगसंगै यस क्षेत्रका संस्कृति भाषा र कलालाई संरक्षण गर्नको निम्ति हरेक दिन स्थानीय कलाकारहरुद्वारा लोक सांगीतिक प्रस्तुती रहने साथै पारिवारीक वातावरण रहेको बताए । दोहोरी साँझले स्थानीय कलाकारहरुलाई प्राथमिकता दिई रोजगारको अवसर प्रदान गर्दै आइरहेको बताए ।
यस्तै उद्घाटन समारोहमा देउडा गीत मार्फत सबैको मनमा बस्न सफल भएका लालबहादुर धामी आर्थात् (अछामी बड्डो) ले दोहोरी साँझलाई मौलिक परम्परागत रूपमा अगाडि बढाउन शुभकामाना दिए । उलने दोहोरी साँझलाई दारु खाने अड्डा मात्र नभएर कयौ स्थानीय कलाकारहरु उत्पादित क्षेत्र रहेको बताए । यस्तै समारोहमा गायक चक्र बमले दोहोरी साँझ भनेको कलाकारहरुको नर्सरी कक्षा जस्तै भएको बताए । यस्तो प्लेटफर्म देखि विभिन्न राष्ट्रिय कलाकारहरुको जन्म भएको उनले उल्लेख गरे । ‘हाम्रो नजिक कै देश भारत देखि लिएर विदेशीहरू लोक गीतको पारखि रहेको र यस्ता लोक गीत सुन्न मनोरञ्जन गर्न टाढा टाढा बाट धाउने गरेको पाइन्छ’, उनले भने । उनले वास्तविक कलाकारहरुको दोहोरी साँझ भविस्य उजागर गर्ने क्षेत्र भएको हुँदा दोहोरी साँझलाई गलत नजरले नहेरी दिन हुन आग्रह समेत गरे ।
लोक संस्कृतिक कलाकारहरु, संगीत प्रेमी लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थित रहेको कार्यक्रममा कलाकारहरुले प्रस्तुती समेत राखेका थिए
सम्बन्धित पाेस्टहरु