अत्तरिया : कैलालीमा काटेर राखेको गहुँबालीमा आगलागी भएको छ । जोशीपुर गाउँपालिका–६ पकरीयाका एक स्थानीयको गहुँमा आगलागी भएको हो ।
घरको आगनमा बालेको आगो गहुँमा सल्कनगई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ५० विघा जमिनको काटेर राखेको गहुँ नष्ट भएको छ। घटनाको पूर्ण विवरण प्राप्त भएको छैन् । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।