काठमाडौं: नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद मिल्नेतर्फउन्मुख छ । खासगरी संस्थापक रेशमलाल चौधरी र पार्टीकी संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवादको कारण पार्टी विभाजनको मुखमा थियो ।
तर, यी दुईबीच सम्बन्धमा नाटकीय सुधार आएको छ । रेशमले आज रञ्जितालाई पार्टी र सरकार दुवै चलाउन अनुमति दिएका छन् । रञ्जितासँगको तस्विर साझा गर्दै रेशमले अब लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने घोषणा गरेका छन् । पार्टी अध्यक्षसमेत रहेकी पत्नी रञ्जिता श्रेष्ठसँगको तस्विर सामाजिक संजालबाट सेयर गर्दै पार्टीका संरक्षक चौधरीले अब लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने घोषणा गरेका हुन्।