बझाङ उपनिर्वाचन : कांग्रेसको अग्रता कायमै, पछ्याउँदै एमाले

अत्तरिया : बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा (क) को उपचुनावको जारी मतगणनामा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले अग्रता कायमै राखेको छन्।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेस नेता सिंह एमाले उम्मेदवार भन्दा २५९ मतले अघि छन्। गणनाको पछिल्लो परिणाम अनुसार कांग्रेसका सिंहले ८ हजार ८७४ मत ल्याउँदा एमालेका दमनबहादुर भण्डारीले ८ हजार ६१५ मतसहित पछ्याइरहेका छन्। माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढा ३ हजार २१५ मत सहित तेस्रो स्थानमा छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ३१० मत ल्याएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.