अत्तरिया : बझाङ प्रदेश सभा (१) मा भएको उपनिर्वाचनमा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार दमनबहादुर भण्डारी २६६ मतान्तरले विजयी भएका हुन् । भण्डारीले ११ हजार ६१२ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वि नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले भने ११ हजार ३४६ मत पाएका छन् । यस्तै, तेस्रो भएका नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ९६७ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१३ मत प्राप्त गरेका छन्।
सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असारमा दुर्घटनामा परी मृत्यु भएपछि यहाँ यही वैशाख १५ गते उपनिर्वाचन भएको हो।